Vutlaxapu
Laxmibhuwan sun chadi

वडा अध्यक्षद्वारा वडा कार्यालय भवन अस्वीकार,शिलालेखमा पुरानै वडाध्यक्षकाे नाम भएकाे भनाइ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी_

बैतडीको पाटन नगरपालिका वडा न.१०को नव निर्मित वडा कार्यालय भवन वडाअध्यक्षले बुझ्न मानेका छैनन् । भवन निर्माण सम्पन्न भएपछि निर्माण व्यवसायीले वडालाई हस्तान्तरण गर्न खोज्दा वडाअध्यक्ष धनबहादुर कुँवरले उक्त भवन बुझ्न अस्विकार गरेका हुन् ।

जय भगवति मेलौली सुनचाँदी

र्वतमान वडा पदाधिकारीहरुले आफ्नो कार्यकालमा भवन बनेको भन्दै शिलालेख राखेका कारण नवनिर्वाचित अध्यक्षले बुझ्न नमानेकाे भवन निर्माण कम्पनी एसके निर्माण सेवाले जनाएको छ । एसके निर्माण सेवाका प्रबन्धक मदनमोहन बिष्टले भने, ‘भवनको काम सम्पन्न भएको एक महिना भैसक्यो । पूर्व वडाअध्यक्षले आफ्नो नामको शिलालेख लगाएका कारण वर्तमान वडाअध्यक्षले बुझ्न मान्दैनन् ।’

भवनका कोठाहरूको चाबी खल्तीमा राखेर हिँडेको तर नयाँ वडा अध्यक्षले शिलालेख हटाए मात्रै भवन बुझ्ने भन्ने गरेकाे विष्टको गुनासो छ । निर्वतमान वडाअध्यक्ष देवेन्द्र कुँवरले आफ्नाे कार्यकालमै भवन निर्माण भएको भनेर शिलालेख लागाएकाे बताए । उनले भने, ‘तर भवन उद्घाटनको शिलालेख लगाएका छैनौँ । हामीले भवन बनाएका हौँ भन्न नमिल्ने हुँदैन् । हाम्रै पहलमा भवन बनेको हो । हामीले बजेट हाल्न पहल गरेका हौँ । त्यसैले वडा पदाधिकारी र कर्मचारीहरूको संयुक्त बैठकबाट निर्णय गरेर शिलालेख लगाएका हौँ । वर्तमान वडा पदाधिकारीहरूले उद्घाटनको शिलालेख लगाउन सक्नुहुन्छ ।’

वडा भवन बुझ्न नमानेका नवनिर्वाचित वडा अध्यक्ष धनबहादुर कुवरले भने निर्माणाधीन भवनमा शिलालेख लगाउनु गलत भएको बताए । उनले भने, ‘निर्माण सम्पन्न नभइसकेको भवनमा आफ्नो नामको शिलालेख लगाउन मिल्छ की मिल्दैन् । यस्को पुष्टि हुनुपर्छ त्यसपछि मात्रै हामी भवन बुझ्छौँ ।’ निर्वतमान वडाअध्यक्ष कुँवरले भने भवन निर्माण भई रंगरोगन भैसकेको अवस्थामा आफूहरूले शिलालेख लगाएको बताए । समस्यामा परेका निर्माण व्यवसायीले भने दुई वटा शिलालेख राख्न सक्ने ठाउँ बनाइदिएका छन् ।

वडा कार्यालय भवन ६४ लाख लागतमा निर्माण सम्पन्न भएको हो । शिलालेख लगाउने निर्वतमान वडाअध्यक्ष देवेन्द्र कुँवर शिलालेखका कारण भवन बुझ्न नमान्ने वर्तमान वडाअध्यक्ष धनबहादुर कुँवर ३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावका प्रतिस्पर्धी हुन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page