Vutlaxapu
Laxmibhuwan sun chadi

पाटन नगरपालिकाले गर्यो ६७ करोडको बजेट पास, १९सदस्य द्वारा बहिष्कार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी
पाटन नगरपालिकाको शनिबार सम्पन्न नगरसभाले ६७ करोड रकम बराबरको बजेट पारित गरेको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार निर्माणमा जोड दिइएको नगरपालिकाले जनाएको छ । यसका साथै विगतका बर्षमा सम्पन्न योजनाहरुको बक्यौता रकम तिर्नुपर्नेमा समेत बजेट छुट्याइएको नगर उपप्रमुख कमलसिंह बोहराले बताए ।

यसैबिच नगरसभाको बहुमतले पास गरेको बजेट प्रति नेकपा एमालेबाट निर्वाचीत सदस्यहरुले असहमती जनाएकाछन् । एमालेबाट निर्वाचित १९ नगरसभा सदस्यहरुले बजेट प्रति असन्तुष्टी जनाउदैँ प्रेश विज्ञप्ती जारी गरेका छन् ।

जय भगवति मेलौली सुनचाँदी

विज्ञप्तीमा १०असारमा ल्याइएको निति तथा कार्यक्रममा बजेट आधारीत नरहेको, सम्पुरक बजेट पुर्वाग्रही ढंगले वितरण गरिएको, टोल र बस्ती भेलाबाट आएका योजनाहरुलाई बेवास्ता गरिएको तथा आवस्यकता बेगर बजेट बिनियोजन भएको भन्दै असन्तुष्टीका ३बुँदा सहितको विज्ञप्ती जारी गरिएको नगरसभा सदस्य भीम भट्टले बताए ।

उक्त विज्ञप्तीमा एमालेबाट निर्वाचित ४जना वडाअध्यक्ष र १५जना सदस्य गरि १९ जनाको हस्ताक्षर रहेको छ ।

विज्ञप्ती जारी गर्ने सदस्यहरु नगरसभामा उपस्थीत नै नरहेको नगर उपप्रमुख बोहराले बताए । उनले भने,‘विज्ञप्ती जारी गर्ने साथीहरु नगरसभामै उपस्थीत भएनन् । नगरसभामा आएको भए छलफल हुन्थ्यो । तर नगरसभामा उपस्थीत सबै सदस्यहरुले बजेट पारित गरेको हौँ । त्यसैले बजेट सर्वसम्मत पास भएको महशुस गरेका छौँ ।’

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page