Vutlaxapu
Laxmibhuwan sun chadi

सुदुरपश्चिमका बिभिन्न शक्तिपिठहरुमा दर्शनार्थीहरुको घुईचो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी
बैतडी सहित सुदुरपश्चिमका बिभिन्न शक्तिपिठहरुमा दर्शनार्थीहरुको घुईचो लाग्न थालेको छ । भगवान शिवको महिनाको रुपमा चिनिने श्रावन महिना शुरु भएसंगै यहाँका बिभिन्न शक्तिपिठहरुमा दर्शनार्थीहरुले पुजाआजासंगै बत्ती बाल्न शुरु गरेका हुन् । श्रावन महिनाभरि शक्तिपिठहरुमा चोखो, भोको रहेर पुजा आजासंगै बत्ती बालेमा मनोकांक्षा पुराहुने धार्मीक बिश्वास रहीआएको छ । बैतडीको प्रसिद्ध निगंलाशैनी भगवती मन्दिर, त्रिपुरा सुन्दरी मन्दिर , डिलाशैनी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा र दोगडाकेदार लगायतका मन्दिरहरुमा पुजाआजा गर्ने दर्शनार्थीहरुको संख्या बढेको छ ।
बसाई सरेका गएकाहरु पनी श्रावन महिना शुरु भएसंगै ईष्टकुल देउवाको मन्दिरसम्म धुप बत्ती गर्नका लागी आउन थालेका छन् । श्रावन महिनाको १ गते अर्थात आजबाट शक्तिपिठहरुमा पुजाआजा शुरु हुने भएकाले ३, ४ दिन अगाडी देखि नै माछा, मासु बारेर शुद्ध रहनु पर्ने परम्परा रहेको छ । यस्तै हरियो महिनाको रुपमा चिनिने श्रावन महिनामा नारीहरुले हरियो मेहन्दी, चुरा पोते र सारी लगाएर मनाउने गर्दछन् । श्रावण महिनाभरि सोमबारे बत्र बसेर शिवालयमा पुजाआजा गरेमा अबिबाहित नारीहरुले शिव जस्तै पति पाउने र बिबाहित नारीहरुको श्रीमानको आयु बढ्ने जन बिश्वास रही आएको छ ।बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीयबासीले बताएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page