Vutlaxapu
Laxmibhuwan sun chadi

स्वास्थ्य कायार्लय बैतडीद्वारा पत्रकारहरूसंग अन्तरक्रिया सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी,स्वास्थ्य कार्यालय बैतडीले वर्षको अन्तिम दिन सनिबार पत्रकार अन्र्तक्रिया कार्यक्रम सम्पन गरेको छ । कार्यालयले यस वर्ष गरेका सम्पुर्ण काम, अवसर, चुनौती, सुधार्नुपर्ने पक्ष र बजेट सहित जिल्लाका पत्रकारहरुसंग अन्र्तक्रिया गरेको हो ।

कार्यालयले सकिनै लागेको आर्थिक वर्ष ०७८/०७९ मा पहिलो पटक टाइफाइट बिरुद्धको खोप संचालन, कोभिड व्यवस्थापन, मानसिक स्वास्थ्य शिविर, प्रजनन स्वास्थ्य शिविर, जेष्ट नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको उपचार शिविर, परिवार नियोजन शिविर, नसर्ने रोग सम्बन्धि शिविर, विद्यार्थी लक्षित एकीकृत स्वास्थ्य शिविर लगायतका शिविरहरु सम्पन्न गरेको जनाएको छ । साथै स्वास्थ्य कार्यालयले विपन्न तथा मानसिक रोगीहरुको निशुल्क उद्दार समेत गरेको जनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

जिल्लामा स्वास्थ्य जनशक्ती व्यवस्थापन नहुनु, दरबन्दी अनुसार स्वास्थ्यकर्मिको अभाव हुनु, निशुल्क औषधिको अभाव हुनु, उपकरणको अभाव हुनु, गाउँघर किल्निक तथा खोप केन्द्रहरु संचालन नहुनु, बर्थिङ सेन्टरमा जनशक्ती तथा उपकरण अभाव हुन, स्थानीय पालिकाहरु निरिक्षण अनुगमनमा उदासिन हुनु, एम्बुलेन्स सेवा गुणस्तरीय र व्यवस्थित नहुनु लगायतका कारणले अझै जिल्लाको स्वास्थ्य सेवा सोचे अनुसार प्रभावकारी बन्न नसकेको स्वास्थ्य कार्यालय प्रमुख योगेश भट्टले बताउनुभयो ।

कार्यक्रममा जिल्ला अस्पतालले पनि पत्रकारहरुलाई आफुले चालु आर्थिक वर्षमा गरेका गतिविधि, उपलब्धी र समस्याका बारेमा जानकारी गराएको थियो । जिल्ला अस्पतालमा अहिले दुई विशेसज्ञ सहित ८ जना डाक्टरहरुले सेवा दिईरहेको भएपनि नयाँ बनेको भवन हस्तान्त्रण नहुँदा उपचारमा समस्या भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दिपेस श्रेष्टले बताउनुभयो ।

कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले स्वास्थ्य कार्यालले जस्तै अन्य कार्यालयले पनि आफुले गरेका कामहरुका बारेमा पत्रकारहरु मार्फत नागरिकहरुलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । जिल्ला अस्पतालको नयाँ भवन हस्तान्त्रण गरि सेवा व्यवस्थापन गर्न आफुले सक्दो छिटो पहल गर्ने प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page