



बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएकोले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । देशभर बिभिन्न ठाउँहरुमा कोरोना भारइरसको संक्रमण तिव्ररुपमा फैलिएरहेकाले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
सार्वजनिक स्थानमा हिडडुल गर्दा अनिवार्य रुपमा मास्क लगाउन , अत्यावश्यक काम बाहेक भिडभाड हुने स्थलहरुमा नजान र भिडभाड हुने स्थानहरुमा सामाजिक दुरी कायम गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।




