



बैतडी -बैतडीको डिलाशैनी गाउँपालिकाले पनि बालुवा , ढुङ्गा गिट्टी उत्खनन तथा निकासीमा रोक लगाएको छ । पालिका अन्तर्गत रहेका विभिन्न खोला नदी तथा किनारबाट बालुवा , ढुङ्गा गिट्टी उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाएको गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताए । चमेलिया नदी र गिन्नीगाड खोलाबाट जथाभावीरुपमा नदीजन्य बस्तुहरुको उत्खन्न तथा निकासी भैरहेको भन्ने जनगुनासो बढेकाले रोक लगाएको उनले बताए ।
गाउँपालिकाबाट ठेक्का भैसकेपछि मात्रै उक्त कार्य गर्न मिल्ने भएकाले खोला नदी तथा सार्वजनिक स्थलबाट सो कार्य गर्न आग्रह गरिएको जानकारी दिदै प्रवक्ता भट्टले अवज्ञा गरे प्रचलित कानुन बमोजिम कार्वाही गरीने बताए ।





