


धनगढी- कैलालीको अत्तरियामा ट्याङकर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। भने ५ गाई मरेका छन्। शनिबार नेपाल आयल निगमको इन्धन बोकेको ना४ख २६४० नम्बरको ट्याङकर अत्तरिया पहाड रोडमा दुर्घटना भएको हो।

अत्तरिया तर्फ आउँदै गरेको ट्याङ्करले पैदल यात्रीलाई ठक्कर दिई पल्टिदाँ पैदल यात्री दार्चुलाको मालिकार्जुन गाउँपालिका १ का लोकेन्द्र धामी गम्भीर घाइते भएको र ५ गाई मरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइतेको उपचार अत्तरियास्थित पदमा अस्पतालका भइरहेको र ट्याङ्कर चालक डडेल्धुराको आलितालका गणेश मल्ल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।




