


बैतडीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्न थालेका छन्। जिल्ला अदालत बैतडीको पछिल्लो तीन वर्षको तथ्यांक अनुसार जिल्लामा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको पाइएको हो।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७मा २५ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ०७७/७८ मा २६ र २०७८/७९मा ३४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउनेमापुरुषको भन्दा महिलाको संख्या बढी रहेको जिल्ला अदालत बैतडीका श्रेस्तेदार जनक बोहराले बताए।
गत आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका ३४ ओटा मुद्दा मध्ये २९ मुद्दा फछ्र्यौट भइसकेका उनले बताए। पुरुषको हकमा पनि देवानि संहिताले सम्बन्ध विच्छेदका लागि सिधै अदालतसम्म पुग्ने बाटो खुला गरेकाले अहिले पुरुष पनि मुद्दा दर्ता गराउन थालेका उनले बताए




