Vutlaxapu
Laxmibhuwan sun chadi

जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मुल्यांकनका आधारमा देशभरीकै १० औँ नम्बरमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

वैतडी_जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मुल्याङ्कनका आधारमा देशभरीमै १० औँ नम्बरमा रहेको छ । गुल्मी देशभरीको पहिलो नम्बरमा रहदा बैतडी १० औँ नम्बरमा रहेको हो ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष २०७८/७९का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुशार बैतडी १० औँ नम्बरमा रहेको हो ।

कार्य सम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत गरी ६८ वटा परिसूचकहरूमा मुल्याङ्कन गरिने गरिन्छ ।
मन्त्रालयले विकास गरेको सिआइएमएस प्रणालीमार्फत गरेको प्रतिवेदनलाई मुद्दाहरूको फर्छ्यौट, अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दाको फर्छ्यौट, नागरिकता सम्बन्धी उजुरी फर्छ्यौट, ठाडो उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत प्राप्त उजुरी, राष्ट्रिय सतर्कता केन्द्रमार्फत प्राप्त उजुरी र मन्त्रालयमार्फत पठाइएका उजुरीहरूको फर्छ्यौटलाई आधार मानी मुल्याँकन गरिएको थियो ।

जय भगवति मेलौली सुनचाँदी

यसैगरी उपभोक्ता हितविपरीतका कार्यहरू सम्बन्धी उजुरी एवं गुनासो फर्छ्यौट, सरकारी वा सार्वजनिक जग्गामा भएको अतिक्रमण सम्बन्धी उजुरी एवं गुनासो फर्छ्यौट, विपद् सूचना व्यवस्थापन प्रणालीको नियमित प्रयोग, लेखापरीक्षण भएको कुल अङ्कमा बेरूजूको अवस्था शुन्य हुने, बक्यौता बेरूजू फर्छ्यौटलगायत सूचकमा आर्थिक प्रशासन शाखा, मलेप प्रतिवेदन, नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाको अभिलेख, गुनासो व्यवस्थापन शाखाको अभिलेख आदि विवरणसँग तुलना गरी यथार्थ तथ्यका आधारमा अङ्क प्रदान गर्ने प्रकृयालाई वस्तुनिष्ठ बनाइएको थियो भने इ९बुलेटिन, सूचना अधिकारीको विवरण, स्वतस्फूर्त सार्वजनिकीकरण विपद पूर्वतयारी तथा प्रतिकार्य योजना जस्ता वेबसाइटमार्फत प्रकाशन गरिने दस्तावेजहरू जिल्लागत वेबसाइटमार्फत निरीक्षण गरिएको थियो।

गत आर्थिक वर्षमा मन्त्रालयबाट खटिई गएको टोलीले ४१ जिल्लाको स्थलगत अनुगमन गरी एकीकृत अनुगमन ढाँचाबमोजिम कार्यसम्पादनको अवस्था हेरी सुधारका उपायहरू सुझाएको गृह मन्त्रालयले जनाएको छ । अर्धवार्षिक मूल्याङ्कनको अवधिसम्म ६८ वटा जिल्लाको प्रगति ५० प्रतिशत भन्दा न्यूनरहेको, ३७ वटा जिल्लाले ३० प्रतिशत अङ्क समेत हासिल नगरेको र ८ वटा जिल्लाहरूले १० प्रतिशतभन्दा कम अङ्क प्राप्त गरेको अवस्थाबाट माथि उठेर आर्थिक वर्षको अन्त्यमा आइपुग्दा ४६ जिल्लाहरूले ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेका छन् भने २९ जिल्लाले ८० प्रतिशत देखि ९० प्रतिशतको बीचको अङ्क प्राप्त गर्न सफल भएका छन्।

नतिजामा उल्लेख्य सुधार हुनुमा मन्त्रालयले विकास गरेको प्रजिअ कार्यसम्पादन मूल्याङ्कन प्रणालीबाट स्वमूल्याङ्कन गर्न सक्ने अवस्थाको सिर्जना हुनु नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाबाट निरन्तर अनुगमन तथा पृष्ठपोषण तथा गृह सचिव स्वयंले प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको निर्देशनले महत्वपूर्ण भूमिका खेलेको गृहको भनाई छ।

चालू आर्थिक वर्षका लागि कार्यसम्पादन परिसूचकहरू तथा नतिजामुखी एवं वस्तुनिष्ठ बनाइएको छ भने वार्षिक मूल्याङ्कन पद्धतिको स्थानमा प्रत्येक त्रैमासिक अवधिको अलगअलग र वार्षिक मूल्याङ्कन समेत गर्ने गरी प्रणालीको विकास गरिएको छ । प्रमुख जिल्ला अधिकारीले आफ्नो कार्यसम्पादनको मूल्याङ्कनको अङ्क स्वचालित प्रणालीद्वारा आफै हेर्न सकिने गरी प्रणाली विकास गरिएको हुँदा आर्थिक वर्षको बीचैमा सरुवा भै जाने प्रमुख जिल्ला अधिकारीले हस्तान्तरण नोट साथ आफ्नो कार्यकालको कार्यसम्पादनस्तरको विवरण समेत छोडेर जान सक्ने गृहले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page