Vutlaxapu
Laxmibhuwan sun chadi

सिद्धेश्वर माविले प्रथम त्रैमासिक परीक्षा संचालन गर्दै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -पाटन नगरपालिका वडा नं. ९, सिद्धेश्वर हुक्केडाँडा स्थित रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालयले शुक्रबार देखी शैक्षिक सत्र २०७९ को प्रथम त्रैमासिक परिक्षा संचालन गरेको छ । जिल्लाका अधिकांस विद्यालयहरुमा बर्षे बिदा भएको छ, तर उक्त विद्यालयले भने नियमित विद्यालयको पठनपाठन गराउदै आईरहेको छ । कोभिड १९ महामारिका कारण विद्यालयको शैक्षिक सत्र पर धकेलिएको र बार्षिक पढाई हुने दिन नपुग्ने भएकाले बालवालीकाको पढाईलाई मध्यनजर गर्दै बर्षे बिदा नगरिएको विद्यालयका प्रधानाध्यापक शिवराज भट्टले बताउन भएको छ ।
वि.स. २०१८ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १० सम्मको पढाई भईरहेको छ भने शैक्षिकसत्र २०७९ मा २७० जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको भट्टले बताउन भयो । बालवालिकाको पढाई संग संगै जिवन उपयोगि सिप विकास गरि रोजगारीमुलक शिक्षालाई प्राथमिकता दिदै आई रहेको सिद्धेश्वर माविले यहि श्रावण २२ गते देखि आफ्नै आयोजनामा बालबालिकाहरुका लागि चुरा पोते माला बनाउने तालिम संचालन गर्ने तयारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउन भएको छ । विद्यालयको पाठ्क्रममा पढाई हुने विभिन्न व्यवसायिक र रोजगारी मुलक शिक्षालाई प्रयोगात्मक रुपमा विद्यार्थीहरु लाई सिकाउर्दै आईरहेको यस विद्यालयले तिहार लाई लक्षित गर्दै मैनबत्ती उत्पादन गर्ने, मकैको खोष्टाबाट चकटि निर्माण गर्ने, विद्यालयमै च्याउँ खेती तरकारी तथा फलफूल खेति गर्दै आईरहेको विद्यालय श्रोतले वताएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page