



बैतडी -बैतडीको सुर्नयामा पुरुष मृत फेला परेका छन् । शुक्रबार सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोटका ३७ वर्षिय रघुबिर कुवँर मृत सोही वडाको घङराड भन्ने स्थानमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी लोकराज जोशीका अनुसार कुवँरको शव पोष्टमाटमको लागि स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ ।
बिहिबार घरबाट किनमेलका लागि नजिकैको चौथाली बजार जान्छु भनेर घरबाट हिडेका उनको आज स्थानीयहरुले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतका घरमा श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । थप अनुसन्धान इरहेको प्रहरीले जनाएको छ ।




