Vutlaxapu
Laxmibhuwan sun chadi

मुल्यबृद्वी र चर्को भाडा नियन्त्रणको माग गर्दै अनेरास्ववियु बैतडीले प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापनपत्र बुझायो 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा यतायात व्यवसायीहरुले मनोमानी भाडा असुल्ने गरेको भन्दै नियन्त्रणको माग गरिएको छ । नेकपा एमाले निकट अनेरास्वबियु बैतडीले आज प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी समक्ष ज्ञापनपत्र पेश गरेका छन् । निश्चित भाडादर कायम गरी कार्यान्वयन गर्नुपर्ने उनिहरुले माग गरेका छन् । सवारी साधनमा क्षमता भन्दा बढी यात्रु ओसार्ने, यात्रुहरुले सिमित भाडा दिदा पनि उल्टै अभद्र ब्यवहार गर्ने र भाडा अचाक्ली रुपमा मनोमानी तवरले बढाएको भन्दै नियन्त्रणको माग गरिएको छ । मनपरी ढंगले गरिएको भाडादर तुरुन्त फिर्ता गरिनुपर्ने, ज्येष्ठ नागरीक, अपाङ्ग, विद्यार्थीहरुलाई अनिवार्य रुपमा सहुलियतको ब्यवस्था हुनुपर्ने, नियमित रुमा भाडादरबारे अनुगमन र निरिक्षण हुनुपर्ने लगायतका ११ वटा मागहरु अघि सार्दै अनेरास्वबियुका जिल्ला अध्यक्ष नरेन्द्र साउँदद्वारा हस्ताक्षरित ज्ञापन पत्र पेस गरिएको हो । बैतडीमा भाडामा यतायात ब्यवसायीहरुले मनोमानी तवरले भाडा बढाएको आरोप लागेको छ ।
यसैगरी बजारमा कालोबजारी नियन्त्रणको माग पनि गरिएको छ । यहाका बजार क्षेत्रमा उपभोज्ञ बस्तुको आफुखुसी मुल्य बृद्धी गरिरहेको गुनासो बढेको भन्दै नियन्त्रणको माग गरिएको छ । यसैगरी बैतडीमा नाबालिक बलत्कारको सिकार बनेकी र आरोपीत फरार रहेको भन्दै उनको खोजी गरी कारवाहीको दायरामा ल्याउन पनि माग गरिएको  छ ।
अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य एव जिल्ला ईन्चार्ज जयन्द कुवर, केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज सुरेश सेराला, जिल्ला अध्यक्ष नरेन्द्र साउँद, अनेरास्ववियु पुर्व जिल्ला अध्यक्ष एव हाल पार्टी सचिवालय सदस्य बलभद्र दयाल लगायतका नेता कार्यकर्ताहरुको उपस्थितीमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकार्षण गराउनुको साथै  ज्ञापन पत्र पेस गरिएको अनेरास्वबियु जिल्ला सह सचिव सन्जु भण्डारीले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page