Vutlaxapu
Laxmibhuwan sun chadi

पाटन स्टार युवाक्लबको आयोजनामा असोज १गतेदेखि दोश्रो पीपीएल क्रिकेट प्रतियोगिता हुदै

प्रथम पुरुस्कार १ लाख ११ हजार १११

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीमा दोश्रो पाटन प्रीमीयर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता हुने भएको छ  । पाटन स्टार युवा क्लबको आयोजनामा असोज १  गते देखि दोश्रो पीपीएल खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो । पाटन क्रिकेट क्लबले आइतबार  पाटनमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो ।
प्रतियोगितामा प्रथम पुरुस्कार १ लाख ११ हजार १११ नगत सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । दितिय पुरस्कार ५५ हजार ५ सय ५५ नगत सहित प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने  एक खेलाडीलाई म्यान अफ द सिरिज पुरुस्कार स्वरुप ११ हजार १११ रुपैया नगतसहित प्रमाणपत्र प्रदान गरिने छ ।
वेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई दब्याट्सम्यान जनही ५ हजार ५५५ नगतसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैयासहित ट्रफी प्रदान गरिने छ ।
देशभरका जुनसुकै टोलीले पनि सहभागिता जनाउन सक्ने छन् । प्रतियोगितामा सहभागिता जनाउन भाद्र ३० गते सम्म टिम दर्ता गर्नुपर्ने छ । टिम दर्ताका लागि दर्ता सुल्क ११ हजार १ सय ११ रुपैया तोकिएको पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए ।
पाटन नगरपालिका ६ मा रहेको कृष्ण माविको खेलमैदानमा हुने राउण्ड रोबिन लिगमा खेलाईने खेलमा लिग चरणका खेलहरु १५ ओभरमा खेलाइने छ भने क्वाटरफाइनल देखिका खेलहरु २० ओभरमा खेलाइने आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
स्थानीय स्तरमा खेलकुदको विकास गर्ने उदेस्यले लागि पाटन क्रिकेट क्लबले  क्रिकेट क्लबले गत वर्ष देखि क्रिकेट प्रतियोगिता गर्दै आएको पाटन त्रिकेट क्लबका अध्यक्ष पारष बिष्टले बताए । यस वर्षको प्रतियोगितामा बैतडी युवा समाजको सहकार्य रहेको  छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page