Vutlaxapu
Laxmibhuwan sun chadi

सुर्नयामा जंगलमा चराउन लगेका बाख्रा जंगल बाट नै गायब

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

 बैतडी -बैतडीको सुर्नया गाँउपालिका वडा नम्बर ७ चौकाका भान बहादुर कुँवरका ५ बाख्रा हराएका छन । यहि साउन २३ गते घर नजिकैको जंगलमा चराउन लगेका बाख्रा हराएका हुन । २ खसीसहित ६ बाख्रा हराएको कुँवरले बताएका छन् । बाख्रा साँझ सम्म पनि घरमा नआएपछि गाउँले सबै मिलेर दुइ दिन लगाएर खोजी गर्दा पनी कतै नभेटिएको भान बहादुर कुँवरले दुखेसो पेखेका छन ।

होटेलमा मज्दुरी गरेर घर परिवार चलाउदै आएका कुँवरले आसु बगाउदै भने जंगली जनावरले खाएको भए पनी कतै केही नभटिएकाले फेला पार्नुहुने माहानुभाबहरुले ९८६४३१८४६७ मा सम्पर्क गरिदिन कुँवरले आग्रह समेत गरेका छन ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page