



बैतडी -नेकपा एमालेको जनवर्गीय संगठन खेलकुद महासंघ बैतडीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ
भलिबलका राष्ट्रिय खेलाडि भुपेन्द्र चन्दको नेतृत्वमा नेकपा एमालेको जनवर्गीय संगठन खेलकुद महासंघ बैतडीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो ।नेकपा एमालेको पार्टी कार्यालय गढिमा सम्पन्न अधिवेशनले भुपेन्द्र चन्दको नेतृत्वमा ४१ सदस्यिय कमिटि गठन गरेको हो। खेलकुद महासंघको उपाध्यक्षमा पुस्कर भन्डारी,सचिवमा मनोज ठकुराठि, सह सचिवमा चक्र कुँवर र बलबिर जोशि चयन भएका छन।यस्तै कोषाध्यक्षमा प्रसान्त क्षेत्री चयन भएका छन सम्पन्न अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रदेस सांसद लिलाधर भट्ट प्रमुख अतिथि रहेका थिए।
यस्तै विशिष्ट अथितीमा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष एवं संघिय सांसद दामोदर भन्डारी बिशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा दसवटै स्थानिय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।




