


बैतडी -बैतडी राष्ट्रिय युवा संघ नेपाल बैतडीले जिल्लामा भइरहेको महङ्गी र कालोबजारीका बिरुद्ध प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएको छ। राष्ट्रियता स्वाधिनता र जनताका जन जिविकाकासंग जोडिएका सवालहरु, बिकास निर्माणमा भएका ढिलासुस्ती भ्रस्टाचार, कालोबजारी तथा अन्याय अत्याचारका बिरुद्दमा आवाज उठाउन र भ्रस्टाचार, कालोबजारी,अन्याय अत्याचार न्युनिकरण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएकाे राष्ट्रिय युवा संघ बैतडीका अध्यक्ष महेन्द्र चन्दले जानकारी दिएका छन्।


जिल्लामा भए गरेका अन्याए अत्याचार दमन शोषण, कालोबजारी भ्रष्टाचारका बिरुद्दमा कडारुपमा आवाज उठाउने, सार्वजनिक महत्वको प्रस्ताब पास गरेको बिषय, बैतडी जिल्लामा भए गरेका बिकास निर्माणमा भएको ढिलासुस्ती भ्रस्टाचार, कालोबजारी पेट्रोलियम पदार्थको मूल्य समायोजन भएर मूल्य घट्दा समेत बैतडी जिल्लामा अत्याधिक भाडा बृधि यथावत रहेको र मनपरी रुपमा यातायात व्यवसायीहरुले भाडा असुल गरिरहेको , स्थानीय बजार हरुमा कालोबजारी गरेर महंगी हुदा समेत बजार अनुगमन नभएको गुनासो समेत गरेका छन्।
साथै सतावाज चौराहमा रहेको पेट्रोल पम्पले कालोबजारी गरेर पेट्रोलियम पदार्थको सटेज देखाई रहदा समेत अनुगमन नभएको,बैतडी जिल्लाको तल्लो स्वराड क्षेत्र अन्तरगत नेपाल बिधुत प्राधिकरणले गरेको ठेक्का अलपत्र हुदा समेत ठेकेदार कम्पनी लाई कुनै पत्राचार सम्म नगरेको, पाटन नगरपालिका स्थित सुर्नया नदीमा निर्माणाधीन मोटरेबल पुल बर्षौ बित्दा समेत निर्माण नभएको तर राज्य वाट समयमा निर्माण कार्य सम्पन्न गर्न कुनै पहल कदमी नभएको, सिरिभावर हाट दार्चुला सडक, दुदिलाखान गाजरी सडक अलपत्र रहेको, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका १५ शैय्याका अस्पताल निर्माण कार्य अलपत्र रहेको लगाएत थुप्रै बिकास निर्माणका कार्यहरु अलपत्र भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।
यदि माग सम्बोधन नभए कडा आन्दोलनका कार्यक्रम गरिने राष्ट्रिय युवा संघका जिल्ला इन्चार्ज लोकेन्द्र भण्डारीले बताए ।





