Vutlaxapu
Laxmibhuwan sun chadi

युवासंघ नेपाल बैतडीले १० वटै पालिकामा प्रशिक्षण तथा बैठक आयोजना गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बैतडीका १०ओटै स्थानिय तहहरुमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
संघको ७ भदौमा सम्पन्न बैठकले प्रशिक्षणका लागि निर्णय गर्दै सबै पालिका कमिटीहरुलाई सर्कुलर पठाएको संघका जिल्ला इन्चार्ज लोकेन्द्र भण्डारीले बताए ।
जस अनुसार ११भदौमा पाटन र १२ भदौमा पुर्चौडी नगरपालिकामा प्रशिक्षण कार्यक्रमको आयोजना हुने भएको छ।
त्यसैगरी २३ भदौमा डिलाशैनी गाउँपालिका, २४मा दोगडाकेदार तथा २५मा सिगास गाउँपालिकाको प्रशिक्षण राखिने भएको छ । जिल्लाको दशरथचन्द नगरपालिकामा भदौ २७ गते, पञ्चेश्वर गाउँपालिकामा भदौ २८, शिवनाथमा भदौ २९ र मेलौली नगरपालिकामा भदौ ३०गते प्रशिक्षण राखिले सर्कुलर पत्रमा उल्लेख गरिएको छ ।
साथै १५भदौमा एमाले महासचीव संकर पोखरेल बैतडी आउने भएकाले उक्त कार्यक्रमलाई सफल पार्न १सय मोटरसाइकल सहितको र्‍याली प्रर्दशन गरिने युवा संघले जनाएको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page