
SEE ग्रेड वृद्वी परीक्षामा सहभागीआर्थिक अवस्था कमजोर भएका बिधार्थीहरुलाइ अनेरास्ववियु बैतडीले खाने बस्ने व्यवस्था मिलाउने




बैतडी -नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बैतडीले भाद्र ११ र १२ गते SEE को ग्रेडवृद्वी परीक्षामा सहभागी हुन आउने समस्यामा परेका बिधार्थी हरुलाइ दसरथचन्द नगरपालिकाको सहकार्यमा निसुल्क गास बासको व्यवस्था मिलाउने भएको छ। विद्यार्थी हरुको साझा संगठन अनेरास्ववियु भएको बताउँदै अनेरास्ववियु बैतडी अध्यक्ष नरेन्द्र साउदले अनेरास्ववियु बैतडी र दसरथचन्द नगरपालिकाको संयुक्त सहकार्यमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई परीक्षा अवधि सम्म निःशुल्क खान बस्नको ब्यबस्था मिलाउने काम भइरहेको जानकारी दिएका छन्। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई खान बस्नको व्यवस्था मिलाउन संगठनले काम गरिरहेको र समस्या परे 9848891471 र 9868736408 मोबाइल नम्बरहरुमा सम्पर्क गर्न आग्रह गरिएको अनेरास्ववियु बैतडी जिल्ला सदस्य मोहित पाण्डेय बताएका छन्।



