


बैतडी बैतडीको गोकुलेश्वरमा रहेको सेटिगाँउ माध्यमिक विद्यालय ककरपाखामा शिक्षक बिधार्थीबिच अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा पढाइको गुणस्तर सुधार, अनुसासन देखि बिधालयमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको शिक्षक सुरज जोसिले जानकारी दिएका छन्।

यस्तै कार्यक्रममा कक्षाकोठा ब्यबस्थापन, प्रयोगात्मक कक्षा, नियमित कक्षा सञ्चालन, खेलकुद प्रतियोगिता, छात्राबास क्याबिन, बिधालय हाताभित्र मोबाइल फोन प्रतिबन्ध, लगायतका बिषयमा समेत छलफल भएको बताए।

कार्यक्रममा बोल्दै बिधालयका प्रधानाध्यापक परमानन्द जोषिले घोकन्ते शिक्षा भन्दा सिकाईमा आधारीत शिक्षालाई प्राथमिकता दिनुपर्ने, सरकारी बिद्यालयको गुणस्तर सुध्रिदा मात्र सरकारी बिद्यालयमा बिद्यार्थीको आकर्षण बढ्न सक्ने भएकोले शिक्षाको गुणस्तर सुधार हुनुपर्नेमा जोड दिएका छन्।

प्रधानाध्यापक जोषिले बिधालयमा देखिएका समस्या साझा समस्या भएकाले शिक्षक बिधार्थी र अभिभावक हरुको सुझाव सल्लाह लिइ समाधान गरिने समेत बताएका छन्।





