


महेन्द्रनगर -राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश आयोजक कमिटिको पहिलो बैठक चुनाव लक्षित विशेष रणनीति बनाएर सकिएको हो । आयोजक कमिटिका संयोजक विनय शाहको अध्यक्षतामा सम्पन्न पहिलो बैठकमा एमालेका केन्द्रीयय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथि रहेका थिए।

कञ्चनपुरमा सम्पन्न बैठकमा राष्ट्रिय युवा संघका प्रदेशका इन्चार्ज, सह–इन्चार्ज तथा सुदूरपश्चिमका ९ वटै जिल्लाका अध्यक्ष , इन्चार्ज ,सह–इन्चार्जको उपस्थिती रहेको थियो । राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश आयोजक कमिटिका संयोजक शाहकाअनुसार पहिलो बैठकले अगामी मंसिर ४ का लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित विशेष र गोप्य रणनीति तयार गरेको छ ।
बैठकबाट बनाइएको रणनीतिलाई संगठनको आन्तरिक सर्कुलर गरिएपनि सार्वजनिक गरिएको छैन । विशेषगरी अगामी निर्वाचनमा पार्टीलाई कसरी बढि भन्दा बढि ठाउँमा जिताउने भन्ने सवालमा केन्द्रीत भएर विशेष खालको रणनीति बनाइएको बताइएको छ ।




