


बैतडी -राष्ट्रिय युवा संघ नेपाल डिलाशैनी गाउ कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपालका बैतडी जिल्ला स सचिब जनक जोशिको अध्यक्षता सम्पन्न कार्यक्रममा राष्टिय युवा सघ नेपाल केन्द्रीय सचिब तथा सुप इन्चार्ज बिस्ना चन्द प्रमुख अतिथि रहेकि थिइन।

यस्तै विशिष्ट अथितीमा एमाले डिलाशैनी गाउपालिका ईन्चार्ज अक्कल राना रहेका थिए। यस्तै अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्दृय सदस्य बैतडी जिल्ला ईन्चार्ज लोकेन्द्र भण्डारी दार्जुला ईन्चार्ज कमल बिष्ट दोगडाकेदार गाउपालिका उपाध्यक्ष पार्वती कार्कि रहनु भएको थियो।
राष्टिय युवा संघ नेपालको नबौ जिल्ला अधिबेसन बाट निर्वाचित पहिलो जिल्लाकमिटी बैतडीको बैठकले गरेको निर्णय अनुसार डिलाशैनी गाउपालिकामा प्रशिक्षण तथा बैठक सम्पन्न गरिएको राष्ट्रिय युवा संघ नेपाल बैतडी जिल्ला अध्यक्ष महेन्द्र चन्दले बताए ।
प्रशिक्षण तथा बैठकले डिलाशैनी गाउकमिटीको रिक्त पदहरुमा समेत पद पुर्ती गरेर कमिटीको पुर्णता दिईएको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित गरि युवा सघले आफ्नो संगठन बिस्तार सहित निर्वाचन गतिबिधि अगाडी बढाई रहेको छ।
पछिल्लो समय राष्ट्रिय युवासंघ नेपाल स्थानिय तहहरुले गरेको अनियमित्ता, भ्रष्टाचारका विरुद्ध खबरदारी गर्न आक्रामक रुपमा प्रस्तुत भएको छ।




