


बैतडी -बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५८ विद्यलालय छनौट भएका छन् । आइसीटी ल्याव स्थापना, २ कोठे र ४ कोठे भवन निर्माणका लागि ५८ विद्यालय छनौटमा परेका हुन् ।
२१ वटा विद्यालयमा आइसीटी ल्याव स्थापना हुने छ भने ३७ वटा विद्यालयमा दुई तथा चचार कोठे भवन निर्माण हुनेछ ।
जिल्लाको पुर्चाैडी नगरपालिकाका १३, पाटन नगरपालिकाका ५, सुर्नया गाउँपालिकाका ६, शिवनाथ गाउँपालिकाका पनि ६, मेलौली नगरपालिकाका ८, डिलाशैनी गाउँपालिकाका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका समान चार /चार वटा विद्यालय छनौटमा परेका हुन् ।

आइसीटी ल्यावका लागि ६ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ भने दुई कोठे भवनका लागि २५ लाख तथा ४ कोठे भवनका लागि ५० लाख बजेट विनियोजन गरिएको शिक्षा विकास तथा समुन्वय इकाई बैतडीका सुचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।







