Vutlaxapu
Laxmibhuwan sun chadi

जिल्ला प्रहरी कार्यालय बैतडीको आयोजनामा आत्महत्या न्यूनीकरण सम्बन्धि कार्यक्रम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-जिल्ला प्रहरी कार्यालय बैतडीको आयोजनामा आत्महत्या न्यूनीकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।  आइतबार गोठलापानी बाट र्याली सहित गढी पुगरे जिल्ला प्रशासन कार्यालयमा कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता लोक राज जोशीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कानुन व्यवसायी , बिधार्थी, व्यवसायी , नेपाल प्रहरी , सञ्चारकर्मी , अधिकारकर्मी लगायतको उपस्थितिहेको थियो ।

जय भगवति मेलौली सुनचाँदी

कार्यक्रममा सहभागी वक्ताहरूले आत्महत्या न्यूनीकरणका लागि आ-आफ्नो तर्फबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए । पछिल्लो समय बैतडीमा आत्महत्याका घटनाहरू बढदै गइरहेकोले यसमा न्यूनीकरणको लागि सचेतनामुलक कार्यक्रम मार्फत सम्बन्धित संघ संस्थाहरूले मुमिका खेल्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

बैतडीमा पछिल्लो तीन बर्षमा १०७ जनाले आत्महत्या गरेका छन । ०७६र७७ मा २९ जनाले आत्महत्या गरेका छन भने आर्थिक बर्ष २०७७र७८ मा ४२ जनाले आत्महत्या गरेका छन । गएको आर्थिक बर्ष २०७८र७९ मा मात्रै ३६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page