



बैतडी-निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको निर्वाचन आयोगले जनाएको छ।
गत आइतबार आयोगले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो । सो अवसरमा आयोगले उनीहरूलाई आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।




