


बैतडी, पौष २१
बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ५मा रहेको न्वाली स्वास्थ्यचौकीले महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई रेडियो वितरण गरेको छ ।

गाउँपालिकाबाट प्राप्त भएको २५हजार रकम प्रशासनिक खर्चबाट केहि रकम कटौति गरि रेडियो रेडियो वितरण गरिएको स्वास्थ्यचौकी इन्चार्ज नैनसिंह गोयलाले बताउनुभयो ।
इन्टरनेटको पहुँच नभएकोले सुचना तथा सञ्चार संग जोड्नका लागि रेडियो बितरण गरिएको उहाँले बताउनुभयो । रेडियो प्राप्त भएपछि दैनिक समाचार सुन्न सहज हुने महिला स्वास्थ्य स्वंयसेविका बसन्ती चन्दले बताउनुभयो ।




