Vutlaxapu
Laxmibhuwan sun chadi

कालापानी क्षेत्रमा ठडियो चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ, उद्घाटन गर्न राष्ट्रपति आउने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुला -भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर कालापानी क्षेत्रमा राष्ट्रिय स्तम्भ गाडिएको छ । ब्यास गाउँपालिकाले निर्माण गरेको चुच्चे स्तम्भ उद्घाटन राष्ट्र प्रमुखबाटै गराइने भएको छ
नेपालको कालापानी क्षेत्र सधैँ भारतको सीमा अतिक्रमण गरेको विषयले चर्चामा आउने गर्दछ । तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा जारी गरेपछि यसको चर्चा थप चुलियो ।

ओली नेतृत्वको सरकारले नक्सा जारी गरेको थियो। भारतले त्यस क्षेत्रमा जाने सडक निर्माणको काम भने जारी नै राखेको छ । एमालेबाट स्थानीय सरकारको नेतृत्व गरेको ब्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीको टिमले कालापानी क्षेत्रमा चुच्चे नक्सा समेटिएको राष्ट्रिय स्तम्भ ठड्याएको छ ।

जय भगवति मेलौली सुनचाँदी

कालापानी क्षेत्रमा बनेको सो स्तम्भ उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी त्यसतर्फ जाने भएकी निश्चित भएको छ । ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरुमा निर्माण भएको स्तम्भ उद्घाटनका लागि असोज २७ गते राष्ट्रपति भण्डारी दार्चुला जाने राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ ।

व्यास गाउँ कार्यपालिका बैठकले गत साउन ९ गते राष्ट्रपति भण्डारीलाई व्यास भ्रमणको निम्तो दिने निर्णय गरेको थियो । त्यसपछि व्यास गाउँपालिका अध्यक्ष, प्रवक्ता लगायत नेताहरूले समेत भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीलाई व्यास भ्रमणको निम्तो दिएको बताए ।

अध्यक्ष धामीले कालापानी क्षेत्रमा राज्यको उपस्थिति गराउनका लागि राष्ट्रपतिको भ्रमण महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘भारतको अतिक्रमणमा परेको कालापानी क्षेत्रमा निर्माण भएको स्तम्भले ठूलो सन्देश दिएको छ । महामिमज्यूको हातबाट उद्घाटन भएपछि यहाँ पनि राज्यको उपस्थिति छ भन्ने सन्देश प्रवाह गर्छ ।

पालिकाले करिब १५ लाख बजेटमा यो स्तम्भ निर्माण गरेको हो । यो ठाउँ व्यास ऋषिको मन्दिरका कारण पनि महत्त्वपूर्ण छ ।
अहिले चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ उद्घाटनका लागि कालापानी क्षेत्रमा उनको उपस्थिति हुनुलाई महत्त्वका साथ हेरिएको छ ।#np

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page