


बैतडी -बैतडीको दोगडाकेदार ४ खम्तोलामा अवस्थित भुमिराज मन्दिरमा यसपालि जात्रा लाग्ने भएको छ प्रतेक बर्ष असोज शुक्ल पक्षको महानवमीमा जात्रा लाग्ने गर्दछ।

घटस्थापनादेखि मन्दिरमा पूजाआजा सहित भक्तजनहरुको घुइँचो लागेको छ । जात्रालाइ सभ्य र ब्यवस्थित बनाउन मदिरा निषेधित क्षेत्र घोषणा गरिएको र राति जात्रालाग्ने भएको हुदा सुरक्षा व्यवस्था समेत कडा पारिएको मन्दिर ब्यवस्थापन समितीले जनाएको छ ।
खम्तोला भुमिराज मन्दिरमा महानवमीका दिन लाग्ने जात्रामा टाढा–टाढाका समेत भक्तजनहरु आउने गरेका भुमिराज मन्दिरका धामि कृष्णानन्द भट्टले बताए ।




