



बैतडी -बैतडी सहित सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ। आज सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन मौसमविदले बताएका छन्। हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




