


बैतडी-बैतडीमा लामो समय माओवादी आन्दोलनका सकृय २०५६ साल देखि दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य एवं माओवादी प्रदेश कमिटि सदस्य कैलाश दयाल ( केशब ) सहित दर्जन बढी नेताकार्यकर्ता हरुले एमाले प्रवेश गरेका छन्।

नेकपा एमाले प्रदेश ख को चुनावी प्रचारप्रसार तथा बस्ती भेट घाट कार्यक्रममा पार्टी प्रबेश गरेको नेकपा एमाले दसरथ चन्द नगरपालिका कमिटी सचिव मनोज बोहराले जानकारी दिएका छन्। एमाले प्रबेश गर्नेमा नेपाली काङ्ग्रेसका कृयाशिल सदस्य जनक चन्द माओवादी जेबलकट्टे टोल कमिटि अध्यक्ष गोरख राम पार्की सहित नेता कार्यकर्ताले पार्टी प्रबेश गरेको बताए।
कार्यक्रम मा बोल्दै प्रदेश सभा सदस्य पदका उमेदवार समेत रहेका एमाले केन्द्रिय सदस्य लिलाधर भट्टले बैतडीमा एमालेलाई गठबन्धनले कुनैपनि असर नगर्ने र एमाले नेतृत्वको सरकारले गरेका कामको आधारमा नेकपा एमालेको जित निश्चित रहेको बताउनुभएको छ।




