


बैतडी-नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य पदका उमेदवार दामोदर भण्डारीले बैतडीमा केहि प्रतिकृयाबादि समुहको झुण्ड कुप्रचारमा सकृय रहेको र त्यसको कुनै अर्थ नरहने बताएका छन।आज बैतडीको सिगासमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले बैतडीमा एमाले नेतृत्वको सरकारले गरेका कामहरुको बारेमा जनताहरुलाइ महसुस हुनेगरि आफुले कामको थालनि गरेको बताए।

बैतडीमा नेकपा एमाले नेतृत्वको सरकारको पालामा सुरु गरिएका गौरबका आयोजनाहरु सडक, खेलमैदान,खानेपानि, अस्पताल,लगायतका थुप्रै योजनाहरु कटौति गरि गठबन्धन सरकारले अन्याय गरेको बताए।
भण्डारिले कुप्रचारमा लागेका गिरोहलाई नेकपा एमाले नेतृत्वको सरकारको पालामा बैतडीमा सुरु गरिएका योजनाहरुको पावरवाला चस्मा प्रयोग गरि अबलोकन गर्नहुन अनुरोध गर्दछु भनि टिप्पणी गरेका छन्। कार्यक्रममा वोल्दै भण्डारिले एमाले नेतृत्वको सरकारले गरेका कामहरु जनताहरुमाँझ जानकारि गराउन र कुप्रचार गर्ने बिरुद्ध आक्रामक हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका दिएका छन।
आफुले दुइ/दुइ पटक जनताहरुको बिस्वास जितेर जिल्लाको नेतृत्व गरेको बताउदै तेस्रो पटक पनि बहुमतका साथ आफु सहित बैतडिमा एमालेले बहुमत सहित गठबन्धन परास्त गर्ने बताए। नेकपा एमाले राष्ट्रिय स्वाभिमान बोकेको पार्टी रहेकोले देसैभरि एमालेले बहुमत ल्याउने बताए।




