Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा क्रिकेट खेलाडी छनौटमा हैकमबाद

छनौटका लागि सम्पर्क गर्न आह्वान गरिएकै दिन खेलाडीको नामावली प्रकाशन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिताको लागि जिल्ला एवं प्रादेशिक टिमको तयारीका लागि असोज २ गते नै पत्राचार गर्यो । जिल्लास्तरमा असोज २० गते भित्रै खेलाडी छनौट गर्न भनिएको थियो ।
तर बैतडीमा पनि असोज ३१ गतेभित्र खेलाडीलाई छनौटका लागि सम्पर्क गर्न भन्दै असोज २८ गते सूचना जारी गरियो । जिल्ला संघले फेसबुक मार्फत खेलाडीहरुलाई छनौटका लागि सम्पर्क गर्न भन्यो । क्यानले असोज २० गते सबै जिल्लामा खेलाडी छनौट गर्न भनिएको भएपनि जिल्ला क्रिकेट संघले भने असोज २८ गते ३ दिनको समयमा तोक्दै खेलाडीलाई बोलाउन भनिएको थियो ।
अचम्म लाग्दो विषय के बनेको छ भने, जिल्ला क्रिकेट संघले खेलाडीहरुलाई छनौटका लागि सम्पर्क गर्न आह्वान गरिएकै दिन खेलाडीको नामावली प्रकाशन गरेको छ । खेलाडीहरुलाई छनौटमा सहभागि हुन भनिएकै दिन जिल्लाबाट खेलमा सहभागिता जनाउने खेलाडीको नाम प्रकाशन गरेपछि आफुखुसी छनौट गरेको पुष्टि भएको छ ।
३ दिनभित्र सम्पर्कमा आउने भनिएको भएपनि जिल्ला क्रिकेट संघले कुनै क्याम्पीन नै नचलाएर छनौट गर्यो । गत भदौमा राष्ट्रिय खेलकुदका लागि भएको धनगढीमा प्रदेशस्तरीय  छनौट खेलमा बैतडी विजयी भएको थियो । सोहि छनौट प्रतियोगितामा सहभागिता जनाएकाहरुलाई  प्रधानमन्त्री कप छनौट प्रतियोगितामा सहभागिता जनाउने भन्दै बिना क्याम्पीन नै खेलाडी छनौट गर्यो । केहि खेलाडीहरुले सहभागिताका लागि समय उपलब्ध नभएको भन्दै थपघट गरेको जिल्ला क्रिकेट संघले जनाएको छ । ‘वर्षादका कारण क्याम्पीन अर्थात छनौट खेल खेलाउन सकिएन, समय पनि अभाव थियो’ जिल्ला क्रिकेट संघका अध्यक्ष बिनोद चन्दले भने । तर २० गतेभित्रै छनौटको लागि बोलाइएको भए क्याम्पीन तथा छनौट गर्नका लागि समय प्रयाप्त थियो ।
तर खेलाडीहरुले छनौट खेल तथा क्यापीनको आयोजना नगरीकनै पिएम कप छनौट खेलमा सहभागिता जनाउन मनोमानी तवरले खेलाडी छनौट गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । क्यानले २० गतेभित्रै खेलाडी छनौट गर्न भनेको भएपनि जिल्ला क्रिकेट संघले २८ गते फेसबुकमा सूचना राखेर ३ दिनभित्र सम्पर्क गर्न भनिएको भन्दै तिब्र असन्तुष्टि जनाउदै आएका छन् ।
खेल क्षेत्रमै लागेर लामो समयदेखि अभ्यास गरीरहेका र खेलमा भविस्य खोजीरहेका थुप्रै खेलाडी भएको भएपनि उनिहरुलाई छनौटमा अवसर नदिएको असन्तुष्ट पक्षको भनाई छ । ‘खेलाडीहरुप्रति उच्च सम्मान छ, यी खेलाडी किन छनौट गरिए भनेर भन्दैनौ,’ एक खेलाडीले नाम नबताउने सर्तमा भने, ‘तर हामिलाई पनि अवसर दिनुपथ्र्यााे, खेल देखाउने अवसर पनि दिइएन, यो दुःखद हो,’ उनले गुनासो पोखे । आफ्नै मनमर्जीले अघि बढ्न खोजे खेलकुदको विकास नहुने उनको भनाइ छ ।
जिल्ला क्रिकेट संघले बैतडीमा २ वर्ष भन्दाबढी देखि कुनै घरायसी प्रतियोगिताका खेलहरु सञ्चालन गर्न सकेको छैन । बिभिद कारण देखाउदै जिल्लाका क्रिकेट प्रतियोगिताको आयोजना गर्न नसकेको हो । कोरोनाको कारण र खेलमैदान अभावमा जिल्ला क्रिकेट संघले प्रतियोगिताको आयोजना गर्न नसकेको जिल्ला क्रिकेट संघका अध्यक्ष चन्दले बताए ।
अब लगत्तै बिडिसिए कपको आयोजनाको तयारी भइरहेको पनि जिल्ला क्रिकेट संघले जनाएको छ । आम चुनाव पछि प्रतियोगताको आयोजना गर्ने तयारी भइरहेको छ ।
जिल्लाको क्रिकेटको विकासका लागि दशरथचन्द नगरपालिका बाहेक अन्य पालिकाले चासो नदेखाउने गरेको पनि जिल्ला क्रिकेट संघको गुनासो रहेको छ । दशरथचन्द नगरपालिकाले विगतका दिन देखि महिला तथा पुरुष खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गर्ने गरेको छ भने जिल्ला क्रिकेट संघलाई सहयोग गर्दै आएको छ ।
जिल्लाको पाटन नगरपालिकाले पनि यस वर्षको दोश्रो संस्करणको पिपिएल प्रतियोगिताका लागि आर्थिक सहयोग गरेको थियो ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page