


बैतडीमा काङ्ग्रेस सभापति र उपसभापतिले एमाले प्रवेश गरेका छन्। शिवनाथ गाउँपालिका वडा नम्बर ६का उपसभापति बहादुर चन्द र मेलौली नगरपालिकाका नगर कार्यसमिति उपसभापति र हाल वडा नं ५का वार्ड कार्यसमिति सभापति परमानन्द पन्त सहित दर्जन बढी कार्यकर्ताले एमाले प्रवेश गरेकाे खबर प्राप्त भएको छ। आज नेकपा एमालेले शिवनाथमा गरेको एक कार्यक्रममा एमाले प्रवेश गरेको युवा नेता मनोज बोहोराले जानकारी दिनुभयो।

पार्टी प्रबेश गर्दै सभापति र उपसभापतिले आफुहरु लामो समयदेखि काङ्ग्रेसमा संगठित रूपमा लागिपरेको र हाल नेपालि कांग्रेसभित्र बैचारिक स्खलन, पार्टी नेतृत्वको चरम लापरवाही,र अवसरवादी चरित्रले प्रजातान्त्रिक आन्दोलनको खिल्लि उडाइएको आरोप लगाएका छन।
साथै प्रचण्ड र माधव नेपालको पाँउमा नेपालि कांग्रेसलाइ चडाएको टिप्पणी गरेका छन्। शिवनाथ गाउँ पालिका वार्ड नं ६ उपसभापति वहादुर चन्द लामो समयदेखि नेपालि कांग्रेसमा सकृय राजनिति गर्दै आएका हुन भने मेलौलि नगरपालिका वार्ड नं ५का कार्यसमिति सभापति परमानन्द पन्त २०५४ सालमा महारूद्र गाउँ विकास समिति वार्ड नं १ मा अध्यक्षमा निर्वाचित भएका थिए।





