Vutlaxapu
Laxmibhuwan sun chadi

होटलको कोठाको भिडियो लीक भएपछि विराट कोहली आक्रोशित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

कार्तिक १४ भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले पर्थमा रहेको आफ्नो होटलको कोठाको भिडियो सार्वजनिक भएपछि असन्तुष्टि व्यक्त गरेका छन् । इन्स्टाग्राममा एक पोष्ट सेयर गर्दै कोहलीले खेलाडी र सेलिब्रेटीलाई मनोरञ्जनको स्रोत मात्र मान्न नहुने बताएका छन्।कोहलीले सेयर गरेको भिडियोमा कोहली कोठामा नभएको बेला पनि कोहलीको होटलको कोठामा कोही प्रवेश गरेको देखिन्छ । कोहलीले लेखे, ‘म बुझ्छु कि फ्यानहरू आफ्ना मनपर्ने खेलाडीहरू देखेर धेरै उत्साहित हुन्छन् र उनीहरूलाई भेट्न चाहन्छन् । मैले सधैं यसको प्रशंसा गरेको छु । तर यो भिडियो आहत पार्ने किसिमको छ र म मेरो गोपनीयताको बारेमा चिन्तित छु ।’
कोहलीले भने, ‘यदि मैले मेरो होटलको कोठामा पनि गोपनीयता पाउन सकिन भने, म कसरी मेरो व्यक्तिगत ठाउँको अपेक्षा गर्न सक्छु ? मलाई यस प्रकारको जुनून र गोपनीयतामा हस्तक्षेप गर्ने तरिका मन पर्दैन । कृपया मानिसहरूको गोपनीयताको सम्मान गर्नुहोस् र उनीहरुलाई आफ्नो मनोरञ्जनको सामान भनेर नसोच्नुहोस् उनले भने।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page