


एमाले अध्यक्ष ओलीले वर्तमान सरकार तिनपटक घाममा सुकाएको कर्कलाजस्तै भएको टिप्पणी गरेका छन्।नेकपा एमाले बैतडीले आयोजना गरेको बिशाल आमसभामा यस्तो बताएका हुन्। बर्तमान सरकार विदेशी सामू घुुडा टेकेर बसेको आरोप लगाएकाछन् । उनले भने,“तुुइन काटेर नेपालीलाई महाकालीमा फाल्दा यो सरकार एक शब्द बोल्न सक्दैन्, विदेशीसंग गलत सम्झौता र्गछ, तर प्रधानन्यायधीष लाई नजरबन्दमा राख्ने, उहाँको छोरीलाई दिनभर थुुनेर साझँ छोडीदिने जस्ता कृयाकलाप निन्दनीय छन् । यसले काम केहि गर्दैन्, हामीले सडक बालबालिकाहरुको व्यवस्थापन गरेका थियौँ, हामी सरकारबाट बाहिरिए लगत्तै फेरी समस्या बल्झीयो, जब कंगाल बुद्धिका मान्छे सरकारमा आउछन् तब देश विग्रन्छ । हामीले १ सय बाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले ४हजार बनाएका छौँ । त्यसलाई कहिले ६८बर्ष, कहिले ६५बर्ष, भन्दाभन्दै २५मै पाउनुुपर्छ भन्न बेर छैन् । भन्दै कांग्रेस नेतृत्वको सरकारलाई व्यंग गरे ।”

उनले भने,“विकास गर्न टालाटुली बटुली कतिराम्री कठपुतली भएको सरकारले हुदैँन्, स्थाई सरकार चाहिन्छ, त्यसैले अब मंसिर ४ पछी एमालेको स्थाई सरकार बनाउँ, एमालेलाई सरकारमा पुुग्नका लागि होइन्, देश बनाउनका लागि भोट दिनुुस ।
एमाले बैतडीबाट प्रतिनिधिसभामा पुर्व अर्थराज्य मन्त्री समेत रहेका दामोदर भण्डारी प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेकाछन् भने, प्रदेशसभा सदस्यका लागी क्षेत्र(क)बाट पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाल र क्षेत्र(ख)बाट पार्टी केन्द्रीय सदस्य लिलाधर भट्ट उम्मेदवार छन् ।
यसैगरी एमाले बैतडीबाट समानुपातिक तर्फ प्रदेशसभामा जानकी ऐर बम र भरत मडै उम्मेदवार रहेकाछन् ।




