



बैतडी -नेकपा (एमाले) अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्रबार बैतडीको पाटनमा आयोजीत चुनावी विशाल आमसभालाई सम्बोधन गरेकाछन् ।
दार्चुलामा दीप प्रज्वलन गरेर एमालेको प्रचार अभियान सुरुवात गर्दै बैतडी पुुगेका ओलीले एमालेको आगामी योजना सुुदुरपश्चिममा विकासको मुुल फुुटाउने रहेको बताए । ओलीले बैतडीबासी लाई विकास निर्माणका विभिन्न आयोजनाहरु पुरा गर्ने आश्वासन दिएकाछन् । नेपाल–भारत सिमानदी झुलाघाटमा पक्की पुुल, महाकाली कोरिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भिमदत्त पोलिटेक्नीकल शिक्षालयको स्तरोन्नती, दशरथचन्द प्रतिष्ठान लाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन् तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने बताए । उल्लेखित आयोजनाहरुको काम विगतमा आफु नेतृत्वको सरकारले सुुरुवात गरेपनि वर्तमान सरकारले अलपत्र छाडेको उनको आरोप छ । ओलीले बैतडी सहित सुदुरपश्चिका विभिन्न सामुुदायिक क्याम्पसहरुलाई आगिंक बनाएको बताए ।
अध्यक्ष ओलीले सुदुरपश्चिममा रहेका सबै राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको बताए । मंसिर ४मा एमालेलाई भोट दिन आग्रह गर्दै उनले भने,“नेकपा(एमाले)ले अहिले बच्चा गर्भमा रहदाँ देखी पुरै जिवनका योजनाको खाका सहित सार्वजनिक गरेको पार्टीको घोषणा पत्रमा टेकेर काम गर्नेछौँ । सुुर्य चिन्हमा मतदान गरि एमालेका सबै उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्छु




