


बैतडी -एमालेका सचीव तथा सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टले विगतमा टाउकोको मुल्य तोक्नेहरुको गठबन्धन नटिक्ने दावी गरेका छन्।शुक्रबार बैतडीको पाटनमा आयोजीत चुनावी विशाल आमसभालाई सम्बोधन गर्दै भट्टले यस्तो बताएका हुन।

उनले भने, “अब गठबन्धनको प्रधानमन्त्री कोहो? गोरखा बाट प्रचण्ड म हुँ भन्छन्, कांग्रेसका गगन थापा म हुँ भन्छन्, सेर बहादुर देउवा डडेल्धुराबाट मै हुुँ भन्छन् र अन्य दलहरुको त कुरै छोडौँ । त्यसैले एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाई देश विकास गर्न अपरिहार्य रहेको बताए।
आमसभामामा बोल्दै भट्टले एमाले सरकारले सुदुरपश्चिममा सुरू गरेका गौरबका आयोजनाहरु गठबन्धन सरकारले कटौति गरि सुदुरपश्चिमको विकाशमा गद्दारि गरेको बताए। मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्ने र अलपत्र रहेका आयोजनाहरु लाइ निरन्तरता दिइ विकाशको लहर सिर्जना गर्ने बताए। मतदाताहरुलाइ सुुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन। कार्यक्रममा सय्यौ कार्यकर्ताहरुले पार्टी प्रबेश गरेका थिए।




