Vutlaxapu
Laxmibhuwan sun chadi

डिलाशैनीका पुर्व करार कर्मचारी आन्दोलीत,वडा न. ३ र ६को वडा कार्यालयमा तालाबन्दी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको डिलाशैनी गाउँपालिकाका पुर्व करार कर्मचारीहरु आन्दोलित भएकाछन् । गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएसंगै नियुक्ति थप नभएका उनिहरुले वडा कार्यालयमा तालाबन्दी गर्दै आन्दोलन सुुरु गरेका हुन् ।

वडा न. ३ र ६को वडा कार्यालयमा तालाबन्दी गरेका उनिहरुले आइतबार पत्रकारहरु संग भेट गर्दै आफ्ना माग सार्वजनिक गरेका छन् । असार महिना यता नियुुक्तिपत्र बिनै काम गरिरहेको बताउने उनिहरुले ८ महिना यताको तलव नपाएको गुनासो गरेकाछन् ।

जय भगवति मेलौली सुनचाँदी

भेटनरी जेटिए पदमा कार्यरत पुनम बिष्टले भनिन्,“मैले २०७७ चैतमा करार नियुुक्त पाएकी हुँ । गत फागुुनसम्म तलव पनि पाएँ, त्यसयताको तलव पाइएन् । म संगका अरु कर्मचारीहरुलाई पुुरानो मिति राखेर नियम विपरीत नियुुक्ति दिइयो तर मलाई दिइएन् । गत असार सम्मको नियुुक्ती थियो, नियुुक्तिपत्र भएको समयको समेत तलव पाइएन् । अहिलेका अध्यक्ष ज्यु स्वतन्त्र बाट जित्नुुभएको हो, युुवाहरुलाई रोजगारी दिने एजेण्डा पनि थियो, विदेशीएकालाई समेत फर्काउछुु भन्दै मिडियामा भावुक हुनुुभएको थियो तर नेतृत्वमा पुुगेपछि हाम्रो रोजिरोटी नै खोसीदियो, अहिले हामीले रुदैँ त्यहि मिडिया बोलाउनु परेको छ ।”

उनिहरुले हालसम्मको पारिश्रमिक पाउनुपर्ने र असार यताको नियुक्ति पत्र पाउनुुपर्ने माग गरेका छन् । विपद जोखीम व्यवस्थापनमा काम गरेका रुपेश बहादुर बोहराले भने,“हामीलाई हटाएको भए आधिकारिक पत्र दिनुपथ्र्यो । कुनै जानकारी बिना नियुुक्ति दिइएन् । हाम्रो अरु माग छैन् तर ८महिना सम्म काम गरेका छौँ, तलब पाउनुुपर्छ ।”

गाउँपालिकाको नेतृत्वले आफुहरुलाई काम गर्दै गर्नुस तलव पाइन्छ भनेपनि नदिएको बीर राम वडले बताए । उनले भने,“हामीलाई पुरानो नियुक्ति हुदाँ सम्मको तलव दिएर काम नगर्नुस् भनिदिएको भए चित्त बुुझाएर बस्थ्यौँ, भारतमा मजदुरी गर्न जानेथियौँ, तर गाउँपालिकाले गुुमराहमा राखेकाले घर परिवार पाल्नै धौ–धौ परिरहेको छ ।”
गाउँपालिका अध्यक्ष सन्तोश प्रकाश जोशीले गाउँपालिका नेतृत्वका कारण कोहिपनि व्यक्ति समस्यामा परेको भए सो बिषय सच्याउन सकिने तर नियम विपरीत क्रियाकलाप कसैले गर्न नहुुने बताएकाछन् ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page