



बैतडी-बैतडीबाट प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका २२ जना मध्ये १४ जनाको धरौटी जफत भएको छ । निर्वाचनमा कुल खसेको मतको १० प्रतिशत समेत नल्याएका १४ जना उम्मेदवारहरुको धरौटी जफत भएको हो । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका ११ जना मध्ये ९ जनाको धरौटी जफत भएको छ भने प्रदेश सभा(क) र (ख)बाट तीन÷तीन जना उम्मेदवार गरी ६ जनाको धरौटी जफत भएको हो । प्रतिनिधिसभा सदस्यमा जिल्लामा ७८,३६९ मत खसकेको थियो । कूल खसेको मतमध्ये १० प्रतिशत समेत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान रहेको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव प्रशाद फुयालले जनकारी दिए । प्रदेश सभा सदस्यका लागि ५ हजार र प्रतिनिधिसभा सदस्यका लागि ५ हजार रुपैया धरौटी कायम थियो ।
धरौटी जफत हुनेमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका केशव बहादुर चन्द(२५०९), राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट(१४२३), राप्रपाका देव बहादुर चन्द(१७५९), राप्रपा नेपालका हिम्मत बहादुर चन्द(१७१ं, स्वतन्त्र उम्मेदवार त्रिलोक बहादुर चन्द(२३७), स्वतन्त्र उम्मेदवार मान सिंह बिष्ट(३५२), नेस्नलिष्ट पिपूल्स पार्टीका कृष्ण बहादुर चन्द(१२७), जनता समाजवादी पार्टीका आन सिंह भण्डारी(१३९), नेपाल मजदुर किसान पार्टीका कृष्ण प्रशाद गोसाँई(९०) हरेका छन् ।
प्रदेशसभा (क)का उम्मेदपार नेकपा एकीकृत समाजवादीका नरेन्द्र बहादुर बिष्ट(२,११४) राप्रपा नेपालकी कृषणा पन्त (१७८) र राप्रपाका रण बहादुर बिष्ट(९६८)को धरौटी पनि जफत भएको हो ।
त्यसैगरी प्रदेशसभा (क)का उम्मेदवार नागरीक उन्मुक्ति पार्टीकी रेवती बोहरा(१७०), राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशी(१,२०१) र राप्रपा नेपालका प्रेम बहादुर चन्द(२२०)को धरौटी जफत भएको हो ।
बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दिएका थिए भने प्रदेश सभा(क)मा ६ र (ख)मा ५ जनाले उम्मेदवारी दिएका थिए ।
प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेका दामोदर भण्डारी विजयी भएका हुन् । भण्डारीले ३३,६११ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका नरेन्द्र बहादुर कुवँरले ३२,०८० मत ल्याए । भण्डारीको लगातार तेश्रो जित हो ।
जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र न(क)मा नेकपा एमालेका सुरेन्द्र पालले स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १,८१३ मतान्तरले पराजीत गर्दै विजयी भएका हुन् । पालले १२,८३१मत ल्याउदा स्वतन्त्र उम्मेदवार भण्डारीले ११,०१८ मत प्राप्त गरेकाछन् । कांग्रेसका वीर बहादुर बिष्टले १०, ९५३ मत प्राप्त गरेका हुन् । प्रदेशसभा (ख)मा गठबन्धनबाट कांग्रेस उम्मेदवार शिवराज भट्टले एमालेका लिलाधर भट्टलाई पराजीत गर्दै विजयी भएकाछन् । शिवराजले १७,१५२ मत प्राप्त गर्दा एमालेका लिलाधर भट्टले १६ हजार ७ सय १६ मत प्राप्त गरे ।




