Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडी हत्या प्रकरणः प्रहरि हत्यारा नजिक: बेलुकासम्म पक्राउ गर्ने  

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहार हत्या प्रकरणका आरोपितलाई प्रहरीले आज बेलुकासम्म पक्राउ गरिसक्ने बताएको छ। जिल्ला प्रहरी बैतडीसँगै प्रदेश प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेको र आरोपितलाई आज बेलुकासम्म पक्राउ गरिसक्ने प्रदेश प्रहरी प्रमुख मोहन आचार्यले बताएका हुन्।सम्पूर्ण पुलिस लाग्या छ, आइडेन्टीफाई भैसक्या छ, आज बेलुकासम्म मान्छे पक्राउ परिहाल्छ,’ उनले भने। हत्यामा संलग्नको पत्ता लागिसकेको बताए पनि उनी को हुन् भन्ने प्रहरीले खुलाएको छैन।
यद्यपी, मायाको हत्यामा एक जना सशस्त्र प्रहरी जवान संलग्न भएको आशंका गरिएको छ। उनी घटनापछि फरार रहेका बताइएको छ। पञ्चेश्वर गाउँपालिका-४ का वडा अध्यक्ष जनकबहादुर चन्दले केही दिन पहिला सशस्त्र प्रहरीका जवानले मायाको मोबाइल खोसेको कुरा जानकारीमा आएकाले उनीमाथि शंका रहेको बताएका थिए।मंगलबार कपडा सिलाउने भन्दै भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया बुधबार शिवनाथ गाउँपालिका–६ मा घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। मायाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। सँगै गएकी नेहा पनि घाइते अवस्थामा भेटिएकी छिन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page