



बैतडी -नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ। सुदूरपश्चिम प्रदेश सभातर्फका बैतडीकी जानकी ऐरबमसहित ७ जना समानुपातिक सांसदको टुंगो लागेको छ ।
बैतडीकी जानकी ऐर बम, डोटीकी निर्मला साउँद र हिरा सार्की, कैलालीकी सन्तोषी शर्मा र कोइलीदेवी चौधरीको नाम समानुपातिक सांसदमा चुनिएका छन् ।
यस्तै कैलालीका धर्मराज पाठक र कञ्चनपुरका राजेन्द्र रावल पनि समानुपातिक सांसदको सूचीमा अटाएका एमालेले जनाएको छ । सुदूरपश्चिममा प्रत्यक्षतर्फ ३ सिट जितेको एमालेले समानुपातिकतर्फ ७ सिट पाएसँगै १० जना प्रदेशसभा सदस्य पाएको छ ।




