Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा उपमेयरका छोरा लागु औषधसहित पक्राउ, छुटाउन कांग्रेस नेताहरुको फोन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -कञ्चनपुरमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–६ ङ गाउँबाट सशस्त्र प्रहरीले अवैध लागुऔषध (खैरो हेरोइन) सहित उनलाई समातेको हो। प्रहरीका अनुसार पक्राउ परेका ती युवक शुक्लाफाँटा नगरपालिकाकी उपमेयर कल्पना जोशी (पन्त) का ३० वर्षीय छोरा पंकज पन्त हुन्। शनिबार दिउँसो सशस्त्र प्रहरीको पुनर्वासस्थित बर्डर आउट पोष्ट (बीओपी) बाट खटिएको टोलीले पुरानो उनलाई खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

जय भगवति मेलौली सुनचाँदी

भन्सारस्थित चेक प्वाइन्टबाट शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर घर भएका पन्तलाई पक्राउ गरिएको हो।उनको साथबाट २० दशमलव ४ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि उनलाई छुटाउन प्रहरीलाई विभिन्न ठाउँबाट दवाब आइरहेको प्रहरी स्रोतले दाबी गरेको छ। उनलाई छाड्न दवाव दिदै कांग्रेसका शीर्ष नेताहरुको फोन आइरहेको बताइएको छ।उनको साथबाट से ३ प ८६९१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।

पन्तले पुनर्वाससँग सीमा जोडिएको भारतको बसहीस्थित मिलन बजारबाट लागुऔषध खरिद गरी ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पन्तलाई प्रहरीले थप अनुसन्धानका लागि हिजै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको थियो। उनी अहिले पनि सोही प्रहरी कार्यालयमा छन्।# Dineshkhabar

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page