Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पुर्चौडीमा जिप दुर्घटना: चालक सहित ६ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा ६  जना घाइते  भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ७ सुइलेकमा जिप दुर्घटना हुँदा चालक सहित  ६  जना घाइते भएका हुन् ।

जय भगवति मेलौली सुनचाँदी

बुधबार राती धनगढी बाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनकाअनुसार घाइते हुनेमा बुङ्गल नगरपालिका वडा नम्बर ७ अठ्पालीकी ४५ वर्षिया हर्का देवी धामी , २० वर्षिय सचिन धामी ,बुङ्गल नगरपालिका ८ कि ५० वर्षिया मैना देवि बोहरा , बुङ्गल नगरपालिका वडा नम्बर ४ कि ४८ वर्षिया लाली देवि कार्की, ५२ वर्षिय धनसरा सिंह र जिप चालक डोटीको जोरायल गाउँपालिका २ का ५५ वर्षिय बिष्णु भट्ट  रहेका छन ।

घाइतेहरुको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको  छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page