



बैतडी ; बैतडीको दशरथचन्द नगरपालिका ४ देवलहाटस्थित पञ्चदेवल मन्दिरको चित्र हुलाक टिकटमा राखिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका ४ देवलहाटस्थित ऐतिहासिक उक्त मन्दिरको चित्र अङ्कित हुलाक टिकट प्रकाशन गरिएको हो। नेपाल सरकार, सूचना तथा सन्चार प्रविधि मन्त्रालय, हुलाक सेवा विभागले उक्त टिकट प्रकाशन गरेको हो। पञ्चदेवल मन्दिरको चित्र हुलाक टिकटमा राख्नुले पर्यटन क्षेत्रमा टेवा पुग्ने जानकारहरु बताउँछन्।




