



बैतडी -दार्चुलाको महांकालि नगरपालिकाको एम्बुलेन्स मानाकोटमा अलपत्र परेको छ।
स्थानीयका अनुसार सुदुरपश्चिम प्रदेश ०२ ००१ झ १२२ नम्बरको एम्बुलेन्स दुई साताएता दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाको सिमानजिक मानाकोट जंगलमा अलपत्र रहेको छ। एबुलेन्स अलपत्रका बिषयमा बुझ्दा एम्बुलेन्सको इन्जिनमा समस्या आएको र छिट्टै मर्मत गरि सञ्चालनमा ल्याइने महाँकालि नगरपालिकाका प्रमुख नरसिंह चैंसिरले बताए




