



बैतडी- बैतडीको पुर्चौडी नगरपालिका वार्ड नं १ को ग्रस्याँ,कुणि टोलमा खानेपानीको समस्या रहेको छ।स्थानिय जगत भण्डारीका अनुसार ग्रस्याँ टोलमा खानेपानिको मुहानमा ट्याङ्कि चुहिने समस्या भएकोले खानेपानि बोक्नुपर्ने बाध्यता रहेको बताए।
यस्तै कुणि टोलमा खानेपानिको मुहान अब्यबस्थित हुदा खानेपानिको चरम समस्या रहेको स्थानिय हिक्मत जागरिले बताए।
खानेपानीको समस्याका बिषयमा वार्ड नं १ का अध्यक्ष गणेश बहादुर गडाललाइ बुझ्दा उक्त टोलहरुमा खानेपानि समस्या रहेको र योजनाहरुको डिपिआर बनिसकेको र चाँडै समस्या समाधान गरिने बताए। साथै २ बर्षभित्र वार्ड नं १ का सबैजसो टोलहरुमा खानेपानिको ब्यवस्था गरिने बताए।




