Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पुर्चौडीमा महिलामाथी बलात्कार, गर्भ बसेपछि औषधी सेवन गराएर भ्रूण हत्या

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीमा महिलामाथी बलात्कार गरी गर्भ बसाएर भ्रूण हत्या गरेको घटना बाहिरिएको छ ।  पुर्चाैडी नगरपालिकाकी २३ वर्षीया महिलामाथी बलात्कार गरी गर्भ बसाएको र गर्भ बसेको थाहा पाएपछि औषधी सेवन गराई भ्रूण हत्या गरेको घटना बाहिरिएको छ ।

जय भगवति मेलौली सुनचाँदी

पुर्चाैडी नगरपालिकाका २७ वर्षीय गोपाल सिंह महराले २३ वर्षीया महिलामाथी बलात्कार गरेको र बलात्कारपछि बसेको गर्भ जबरजस्ती औषधी सेवन गराएर तुहाएको आरोप लागेको हो । महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेकी छन् । घटनाबारे जाहेरी प्राप्त भएको र अनुसन्धानको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।

पिडित महिलाले जाहेरीमा मंसिर ६ गते स्याउला ल्याउन जगंल गएकाबेला महराले जंगलमा बलात्कार गरेको उल्लेख गरेकी छन् । प्रतिकार गर्दा आफुले बोकेको हसिया देखाएर परिवारका सदस्यलाई मार्ने धम्की दिएर करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् । ‘बलात्कार पछि घटना बाहिर ल्याए ठिक हुने छैन, तिम्रै बेज्जत हुन्छ, म नेता हु, तिम्रो कुरा कसैले सुन्दैन’ भन्ने धम्की दिने गरेको पिडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन् ।

नियमित प्रक्रिया अनुसार पुस १ गते रजस्वला हुनुपर्ने भएपनि समयमा राजस्वला नभएपछि गर्भवती भएको थाहा पाएको पिडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन् । गर्भवती भएपछि बलत्कार गर्ने पुरुषलाई उक्त जानकारी गराएपछि कसैलाई जानकारी नगराउन र आफैसित भागेर जाउ भन्ने अभिव्यक्ती दिने गरेको बताइएको छ । उक्त कुरा ती महिलाले इन्कार गरेको र पुस ५ गते साँझ साढे ५ बजेको समयमा आरोपीतले औषधी ल्याएर दिएको खुलेको छ । ५ वटा ट्याब्लेट भएको उक्त औषधी दिएको र औषधी खानपनि इन्कार गरेपछि आरोपीतले हतियार बोकेर आएको र मार्ने धम्की दिएको जाहेरीमा उल्लेख गरिएको छ । महिलाले ५ वटै ट्याब्लेट (गर्भपतन गर्ने औषधी)  सेवन गरेको र सोही राती रक्तश्राप भएको बताइएको छ ।

उच्च रक्तश्रापपछि उपचारका लागि महिला आफन्तसँग डडेल्धुरा अस्पताल गएको र उपचारबाट फर्किएपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको खुलेको छ ।

यहि पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पुरुषको नाममा किटानी जाहेरी परेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page