Vutlaxapu
Laxmibhuwan sun chadi

अखिल हाक्न बैतडीबाट उदाए गिरी,

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी सुक्रबार नेकपा एमालेको भाृत संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट बैतडीका गोविन्द गिरी उपाध्यक्ष पदमा सार्वाधिक मतले विजयी भएकाछन् । ४ जना उपाध्यक्ष मध्ये सबैको भन्दा बढी ७६३ मत प्राप्त गरेर उनि वियजी भएका हुन् ।

गिरीको यसअघि भने महासचिवमा लड्ने दावी थियो । उम्मेदवारी दिने अन्तीम समयसम्म महासचिवको लविङ गरेका उनले पार्टी नेताहरुको सल्लाह वमोजिम अन्ततः उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

जय भगवति मेलौली सुनचाँदी

संगठनको अध्यक्षमा समिक बडाल तथा महासचिवमा नरेश रोकाया विजयी भएकाछन् ।

बैतडीबाट केन्द्रीय कमिटी सदस्यमा सन्तोश राना क्षेत्री विजयी भएकाछन् । बैतडीका करिव आधा दर्जन व्यक्तिहरुले उम्मेदवारी दिएकोमा गिरी र राना मात्रै सफल भएका हुन् ।

निर्वाचीत भए पश्चात सक्षिप्त प्रतिक्रिया दिदैँ उपाध्यक्ष गिरीले शैक्षिक माफियाकरणको अन्त्य गर्नका लागि भुमिका निर्वाह गर्ने बताएकाछन् । उनले भने,“अब अखिलको ध्यान शैक्षिक क्षेत्रको माफीयाकरण, शिक्षाको निजिकरण अन्त्य गर्न अभियान थाल्ने छ । शिक्षा क्षेत्रका विकृति विसंगति हटाउदैँ शैक्षिक अराजकता अन्त्य गर्न राज्यको ध्यान केन्द्रीत गराउने छौँ ।”

अखिल नेता गिरीले विद्यार्थी संगठनले विद्यार्थीका मुद्धा उठाउन छाडेको भन्ने आरोपको विपक्षमा दृढ भएर उभिने बताए । उनले भने,“पछिल्लो समय विद्यार्थी संघ संगठनहरुलाई विद्यार्थीका मुद्धा प्रति उदाशीन भएको आरोप छ । यसलाई चिर्न हामी प्रतिवद्ध रहनेछौँ । गुणस्तरीय शिक्षाका लागि विदेशीने क्रम हटाउन राज्यको ध्यान आर्कषण गराउदैँ व्यवसायीक शिक्षाको विकासका लागि हाम्रो भुमिका रहनेछ ।”

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page