Vutlaxapu
Laxmibhuwan sun chadi

पत्रकार विष्ट उत्कृष्ट समाचारदाताका रूपमा पुरस्कृत

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीका सक्रिय पत्रकार तथा राष्ट्रिय समाचार समिति(रासस)का समाचारदाता विनाेद सिंह विष्ट सम्मानित भएकाे छन्। राससकाे ६२ अाै बार्षिकाेत्सव समाराेहमा विष्टलाई सम्मान गरिएको हाे। राससकाे सुदूरपश्चिम प्रदेशको उत्कृष्ट समाचारदाताकाे रूपमा विष्टलाई नगद १५ हजार,फूलमाला र प्रमाणपत्रले सम्मान गरिएकाे हाे । गत वर्षनै घाेषणा भएकाे उक्त पुरस्कार काेराेना कहरका कारण अाैपचारिक कार्यक्रम नहुँदा याे वर्ष वितरण गरेकाे हाे । विष्टलाई प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राज राईले सम्मान गर्नुभयो । बैतडीको दाेगडाकेदार गाउँपालिका ३ श्रीकाेट घर भएका विष्ट विगत ८ वर्षदेखि राससकाे बैतडी समाचारदाताकाे रूपमा कार्यरत रहेका छन् । पत्रकार महासंघ बैतडीका सहसचिव समेत रहनुभएका विष्टले यसअघि पनि राससबाटै अडियाे र समाचार सम्प्रेषण गरेवाफत पुरस्कार पाईसक्नुभएकाे छ । विगत १२ वर्षदेखि सक्रिय रूपमा सञ्चारकर्ममा रहुनभएका विष्टले विभिन्न ईलेक्ट्राेनिक र छापामाध्यममा काम गरिसकेका छन्। पुरस्कारग्रहणपछि विष्टले याे सम्मानले सञ्चारकर्ममा लागिरहन थप जिम्मेवार र हाैसला मिलेकाे बताउनुभयाे

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page