



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दश दलका नेताको मानसिकता डरलाग्दो भएको टिप्पणी गरेका छन् ।अध्यक्ष ओली मंगलबार शाक्यलाई जिताउन आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘१० दलका गठबन्धनका नेताहरूको जुन खालको मानसिकता देखिन्छ त्यो डरलाग्दो छ । यो प्रतिगामी छ । प्रतिगामी भनेको पछाडि फर्कने हो ।’ उनले दश दलले देशलाई दक्षिणपन्थतर्फ धकेल्न लागेको समेत बताए । उनले सर्वोच्च र सम्मानित ठाउँमा एउटा महिला र अर्को पुरुष हुनुपर्ने संविधानको मर्म रहेको भन्दै त्यही भएर एमालेले पहिलो महिला राष्ट्रपति एमालेले नै बनाएको बताए ।
ओलीले उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष एकै व्यक्ति हुनसक्ने अवस्थाबारे समेत छलफल भइरहेको र संविधान संशोधनका बेला त्यो कुरा राखिने समेत बताए ।# रातोपाटि




