Vutlaxapu
Laxmibhuwan sun chadi

गोदावरी पुलबाट खसेर मृत्यु भएको भनिएका शिक्षकको ह;त्या भएको आशंका,

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

माघ ३ कैलालीको गोदावरी पुलबाट खसेर मृत्यु भएको भनिएका अछामका ३९ वर्षीय शिक्षक रुपराज भाटको ह;त्या भएको आशंका गरिएको छ। मृतकका आफन्तले घटना निकै संकास्पद भएको र शवको प्रकृति हेर्दा ह.त्या भएको बताएका हुन्। ‘गोदावरीको पुलबाट खसेर खुट्टामा मात्र चोट लाग्दैन,’ मृतकका भाई लक्ष्मणले भने, ‘घटना संकास्पद छ। सत्यतथ्य छानबिन हुनुपर्छ।’मृतककै भाई ठन्डराज भाटले शवको प्रकृति हेर्दा पुलबाट खसेको जस्तो नरहेको बताए। ‘त्यत्रो उचाइमा रहेको गोदावरी पुलबाट खसेर खुट्टामा मात्रै चोट लाग्दैन,’ उनले थपे, ‘तर दाइको खुट्टामा मात्र चोट छ। शरीरमा अन्य कुनै भागमा चोट छैन। पाइन्ट पनि छैन। यो योजनावद्द हत्या हो।’ रातिको समयमा सेल्फी खिच्न पुलमा गएको तर्क पनि प्रहरीको गलत भएको उनले बताए।यता इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको हो। ‘६ बजेको घटना हो,’ उनले भने, ‘स्थानीय एक होटल सञ्चालकका अनुसार मादक पदार्थ सेवन गरेका शिक्षक आफैं खसेका हुन्। विस्तृत बुझ्न् बाकी छ।’जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भाट फोटो खिच्ने क्रममा लडेको प्रत्यक्षदर्शीले देखेपछि खबर आएको जानकारी दिए। ‘कोहोलपुरबाट आजै फर्किएको र गोदावरीको एक होटलमा बसेर मदिरा सेवन गरेर पुलमा फोटो खिच्न गएको सुन्नमा आएको छ,’ जोशीले भने।’काठेपुल जीर्ण बनेपछि नजिकै पक्कि पुल निर्माण गरी काठे पुलमा सवारी आवागमन बन्द गरिएको छ। काठेपुल पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुन्छ। कैलालीमा यो पुल भाइरलको नामले परिचित छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page